शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ च्याम्पियनसिप : नेपाल र श्रीलंका खेल्दै

एक्सप्रेस पाना
भाद्र २७, २०७९ सोमबार
  • 359
    SHARES
  • साफ च्याम्पियनसिप : नेपाल र श्रीलंका खेल्दै

    भदौ २७ काठमाडौं । राजधानीमा जारी छैटौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा आयोजक नेपालले आज श्रीलंकाको समना गर्दैछ । 

    images

    त्रिपुरेस्वस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै घरेलु टोली नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने दाउँमा रहेको छ । यस अघि नै बाहिरि सकेको श्रीलंकाले पहिलो खेलमा भुटान सँग ५-० गोलले पराजित भएको थियो । 

    यता नेपालले भने आफ्नो पहिलो खेलमा भुटानमाथि ४-० गोलको सहज जित निकालेको थियो । 

    images

    प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरि ७ टोली सहभागि रहेका छन् । जसलाई दुई समूहमा विभाजन गरेको छ ।

    समूह ए मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह बी मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।

    समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ महिला च्याम्पियनसिप