शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपालले कतारसँग प्रतिस्पर्धा गर्दै

एक्सप्रेस पाना
भाद्र २७, २०७९ सोमबार
  • 378
    SHARES
  • नेपालले कतारसँग प्रतिस्पर्धा गर्दै

    भदौ २७ काठमाडौं । बहराइनमा जारी एएफसी यू२० एसियन कप छनोटको प्रतियोगिताअन्तर्गत नेपालले आज सोमबार कतारसँग प्रतिस्पर्धा गर्दै छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने दोस्रो खेलमा नेपालले कतारसँग खेल्न लागेको हो ।

    images

    नेपाल र कतारबीचको खेल राति ११ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा भुटानसँग पराजित भएको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा बलियो हुने योजनामा छ । नेपाल पहिलो खेलमा भुटानसँग २-० गोल अन्तरले पराजित भएको थियो । नेपाल आजको खेलमा पहिलो जितको खोजीमा हुनेछ । यता कतार प्रतियोगिताको पहिलो खेलमा जित निकाल्दै सुखद सुरुआत गर्ने योजना छ ।

    छनोटको समूह ‘बी’ मा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बंगलादेश छन् । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू२० एसियन कपमा स्थान बनाउने छन् ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल