भदौ २७ काठमाडौं । नेपाली टी२० लिग खेल्ने पोखरा एभेन्जर्सले आफ्नो टिमको जर्सी, लोगो र मेन्टर नियुक्त गरेको छ ।
सोमबार राजधानीको एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो ।
पोखराले टोलीको मेन्टरमा भारती पुर्व राष्ट्रिय टोलीका सदस्य सन्दीप पाटीललाई नियुक्त गरेको छ । यस्तै जर्सीमा केटिएम सिटी रहेको छ ।
पोखरा एभेन्जर्स नेपाली खेलाडी- आसिफ शेख (मार्की), शरद भेषावकर (ए), कुशल मल्ल(बी), प्रतीश जि.सी (बी), आरिफ शेख (बी), तुलबहादुर थापा (सी), विशाल विक्रम केसी (सी), कृष्ण कार्की (सी), विपिन खत्री (सी), सुमित महर्जन (सी) र सिद्धान्त लोहनी (सी) ।
६ टोली सहभागी रहेको पहिलो संस्करणको नेपाल टी२० लिग आगामी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुँदैछ ।



