शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एन्फा अध्यक्ष नेम्वाङ र फिफा अध्यक्ष इन्फान्टिनोबीच भेटवार्ता

एक्सप्रेस पाना
भाद्र २७, २०७९ सोमबार
  • 319
    SHARES
  • एन्फा अध्यक्ष नेम्वाङ र फिफा अध्यक्ष इन्फान्टिनोबीच भेटवार्ता

    भदौ २७ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग दोहामा भेट गरेका छन् ।

    images

    उक्त भेटमा फिफा अध्यक्ष इन्फान्टिनोले एन्फा अध्यक्षमा निर्वाचित भएकोमा पुनः नेम्बाङलाई बधाई दिएका छन् ।

    नेम्बाङले इन्फान्टिनोलाई नेपालमा चलिरहेको साफ महिला च्याम्पियनसिप २०२२ बारे समेत जानकारी दिएको र इन्फान्टिनोसँग फुटबल सम्बन्धी अन्य विषयमा छलफल भएको एन्फाले जनाएको छ ।

    images

    यस्तै नेम्बाङले एन्फालाई सहयोग गरेकोमा फिफाप्रति आभार व्यक्त गर्दै वर्तमान कार्यसमिति देशमा फुटबलको विकासका लागि प्रतिबद्ध रहेको बताउँदै यसका लागि फिफासँग थप सहयोगको अपेक्षा गरे । अध्यक्ष नेम्वाङले उठाएका विषयप्रति इन्फान्टिनो सकारात्मक गरेको एन्फाले जनाएको छ ।

    हाल कतार भ्रमणमा रहेका नेम्वाङले शनिबार दोहामा कतार फुटबल संघका अध्यक्ष हमाद बिन खलिफा बिन अहमद अल थानीसँग भेट गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # फुटबल