शुक्रबार, भाद्र २६ गते २०८३
images

अमेरिकी हमलामा काबुलमा एकै परिबारका ९ जनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र १४, २०७८ सोमबार
  • 295
    SHARES
  • अमेरिकी हमलामा काबुलमा एकै परिबारका ९ जनाको मृत्यु

    भदौ १४ काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको ड्रोन हमलामा  एकै परिवारका नौं जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ बालबालिका छन् । शंकास्पद इस्लामिक स्टेट खोर्साना (आइएस–क) आबद्ध लडाकूलाई लक्षित गरी सो हमला गरिएको वासिंगटनले जनाइएको छ । हमलामा एकै परिवारका सर्वसाधरण मारिएको भन्दै अमेरिकाको बिरोध भएको छ ।

    images

    ‘हामी आइएस होइनौं । अमेरिकी हमलामा सबै सदस्य गुमायौं,’ आक्रमणमा बाँचेका एक व्यक्तिले भने । आक्रमणमा मारिनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बिस्फोटपछि घरमा आगो लागेको थियो । 

    अमेरिकाले मंगलबारसम्म आफ्ना सबै सेना अफगानिस्तानबाट फिर्ता गरिसक्नु पर्नेछ । विहीबार काबुल बिमानस्थलमा आइएसले गरेको हमलामा १३ अमेरिकी सेनासहित १ सय ७० जनाको मृत्यु भएको थियो । सो हमलापछि अमेरिकाले संदिग्ध स्थानमा आक्रमणकारीबिरुद्धको आक्रमण शुरु  गरेको छ । साभार न्युुज कारखाना

    images