शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ यू१७ च्याम्पियनशिप : उपाधिका लागि नेपाल र भारत भिड्दै

एक्सप्रेस पाना
भाद्र २९, २०७९ बुधबार
  • 331
    SHARES
  • साफ यू१७ च्याम्पियनशिप : उपाधिका लागि नेपाल र भारत भिड्दै

    श्रीलङ्कामा भइरहेको पुरुष साफ यू१७ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । श्रीलङ्काको कोलम्बोस्थित रेसकोर्स मैदानमा फाइनल खेल आज राति ८ः१५ बजे हुनेछ । 

    images

    सेमिफाइनल खेलमा आयोजक श्रीलङ्कालाई ६-० गोलअन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । यसैगरी भारत सेमिफाइनलमा बङ्गलादेशलाई २-१ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । भारतलाई पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रनेछ । नेपाली टोलीलाई उपाधि उचाल्न सहज भने हुने छैन । साविक विजेता भारतको दाउ पनि नेपाललाई हराएर उपाधि रक्षा गर्ने रहेको छ ।

    नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको खेलमा विजयी भइ च्याम्पियन बन्ने लक्ष्य रहेको बताए । यसअघि समूह चरणको खेलमा नेपालले भारतलाई ३-१ गोलअन्तरले पराजित गरेको थियो । नेपाल अपराजित रहँदै फाइनल पुगेको हो ।  

    images

  • सम्बन्धित विषय:

  • # फुटबल