शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मड्रिड डर्वीमा रियलको जित

एक्सप्रेस पाना
आश्विन ३, २०७९ सोमबार
  • 314
    SHARES
  • मड्रिड डर्वीमा रियलको जित

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलको मड्रिड डर्वीमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा रियलले एट्लेटिको मड्रिडलाई उसकै मैदानमा २-१ ले हराएको हो ।

    images

    रियलको जितमा रोड्रिगो र फेडे भाल्भेर्डेले गोल गरे । घरेलु टोलीका मारियो हर्मोसोले एक गोल फर्काए ।

    खेलको १८औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

    images

    ८३औं मिनेटमा एट्लेटिको हर्मोसोले एक गोल फर्काए । हर्मोसो परिवर्ति खेलाडीको रुपमा ७२औं मिनेटमा यान्निक कारास्कोको स्थानमा मैदान छिरेका थए ।

    उक्त जितसँगै रियलको लगातार छैटौं जित हो । शत प्रतिशत जित निकालेको रियल ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । रियलले बार्सिलोनालाई २ अंकले पछि पारेको छ ।

    पराजित एट्लेटिको १० अंक जोडेर सातौं स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # ला लिगा