शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

एक्सप्रेस पाना
आश्विन ३, २०७९ सोमबार
  • 376
    SHARES
  • साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

    असोज ३ काठमाडौं । राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०२२ को उपाधि भिडन्त आज सोमबार हुँदैछ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा घरेलु टोली नेपाल र बंगलादेश भिड्ने छन् । उक्त फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ ।

    महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनलमा भिड्न लागेको हो । यस अघि दुई टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो ।

    images

    महिला साफले सोमबार नयाँ च्याम्पियन टोली समेत पाउनेछ । यस खेलमा जुन टोलीले उपाधि जितेपनि अर्को इतिहास बन्नेछ । किनकि त्यो टोली साफको नयाँ च्याम्पियन टोली बन्नेछ ।

    पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो । नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ । तर, यस पटक भारत सेमिफाइनलबाटै घर फर्किएको छ ।

    अघिल्ला संस्करणमा सधै फाइनलमा स्तब्ध हुँदै आएको नेपाल घरेलु मैदानमा भने उपाधि जित्न चाहन्छ ।

     

     

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ महिला च्याम्पियनसिप