शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भारतविरुद्ध अस्ट्रेलियाको जित

एक्सप्रेस पाना
आश्विन ५, २०७९ बुधबार
  • 370
    SHARES
  • भारतविरुद्ध अस्ट्रेलियाको जित

    अस्ट्रेलियाले टी२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा भारतलाई पराजित गरेको छ । अस्ट्रेलियाले भारतलाई चार विकेटले पराजित गरेको हो ।

    images

    मंगलबार राति भएको खेलमा २०९ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको अस्ट्रेलियाले १९.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । ठूलो लक्ष्य हासिल गर्ने क्रममा अस्ट्रेलियाका ब्याटरले उत्कृष्ट प्रदर्शन गरे । अस्ट्रेलियाका ओपनर क्यामरोन ग्रिनले ३० बलमा आठ चौका र चार छक्का प्रहार गर्दै ६१ रन बनाए ।

    त्यस्तै, मथेव वाडेले २१ बलमा ६ चौका र दुई छक्काको मद्दतमा अविजित ४५ रन बनाए । यता, स्टेभन स्मिथले २४ बलमा ३५, कप्तान आरोन फिन्चले १३ बलमा २२, टिम डेविडले १४ बलमा १८ र जोश इङलिसले १० बलमा १७ रन जोडे । बलिङतर्फ भारतका अक्षेर पटेलले चारत ओभरमा मात्र १७ रन खर्चिएर तीन विकेट लिए । त्यस्तै, उमेश यादवको नाममा दुई विकेट रह्यो ।

    images

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेटको क्षतिमा २०८ रन बनाएको थियो । अस्ट्रेलियालाई विशाल लक्ष्य दिनेक्रममा भारतका हार्दिक पाण्ड्याले विष्फोटक ब्याटिङ गर्दै मात्र ३० बलमा सात चौका र पाँच छक्काको मद्दतमा अविजित ७१ रन बनाए ।

    त्यस्तै, ओपनर केएल राहुलले ३५ बलमा चार चौका र तीन छक्कासहित ५५ र सुर्यकुमार यादवले २५ बलमा ४६ रन बनाए । अस्ट्रेलियाका लागि नाथन इलिसले तीन र जोश हजलवोडले दुई विकेट लिए । तीन खेलको टी२० क्रिकेट सिरिजमा अस्ट्रेलियाले घरेलु टिम भारतविरुद्ध १–० को अग्रता बनाएको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट