शुक्रबार, श्रावण २९ गते २०८३
images
images

उपमेयर कप भलिबल आजबाट सुरु 

एक्सप्रेस पाना
आश्विन ६, २०७९ बिहीबार
  • 304
    SHARES
  • उपमेयर कप भलिबल आजबाट सुरु 

    हेटौंडाः केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा उपमेयर कप भलिबल खेल आज बिहीबारबाट सुरु भएको छ । हेटौंडा वडा नम्बर २ र वडा नम्बर ५ को महिला टिमबीच भलिबल खेल सुरु भएको हो ।

    images

    बिहीबार महिलाको ४ वटा र पुरुषको ३ वटा खेल हुनेछ । महिलातर्फ वडा नम्बर २ र वडा नम्बर ५, वडा नम्बर ४ र वडा नम्बर १९, वडा नम्बर १५ र वडा नम्बर १७, वडा नम्बर ६ र वडा नम्बर १२ बिच खेल हुनेछ । यस्तै पुरुषतर्फ वडा नम्बर ८ र वडा नम्बर १२, वडा नम्बर ५ र वडा नम्बर २ वडा नम्बर १३ र वडा नम्बर ११ बिच खेल हुने भलिबल संघका महासचिव सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

    No description available.

    images

    हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडामध्ये ९ वटा महिला टिम र १२ वटा पुरुष टिमको सहभागिता रहेको छ । हेटौंडा–४, हुप्रचौरमा असोज ९ गतेसम्म हुने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँ नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

    No description available.

  • सम्बन्धित विषय:

  • # भलिबल