हेटौंडा : हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा यहि असोज ८ गतेबाट सेवेन ए साईड फूटबल प्रतियोगिता आयोजना हुने भएको छ । स्वतन्त्र युवा समाजको आयोजना, एवम् ९ नम्बर वडा कार्यालयको आर्थिक सहयोग तथा टोल विकास संस्था ९ नम्बर वडा समन्वय समितिको बिशेष सहयोगमा ९ नम्बर वडा अन्तरगत दोस्रो टोल विकास स्तरीय प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३० हजार र सान्त्वना अर्थात तेस्रो हुनेले १५ हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने स्वतन्त्र युवा समाजका अध्यक्ष सुनिर मल्लले जानकारी दिनुभएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सुनिर मल्लले बताउनु भएको छ । भोली हुने उद्घाटन खेलमा कुष्माण्ड टोल विकास संस्था र सिर्जना टोल विकास संस्था बीच पहिलो खेल हुनेछ । प्रतियोगितामा १९ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरको रुपमा हेटौंडा स्पोर्टस् डटकम रहेको छ ।


