शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पोर्चुगलको फराकिलो जित

एक्सप्रेस पाना
आश्विन ९, २०७९ आइतबार
  • 358
    SHARES
  • पोर्चुगलको फराकिलो जित

    एजेन्सी । यूइएफए नेसन्स लिग अन्तर्गत समूह चरणको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

    images

    पोर्चुगलको जितमा डिओगो डालोटले २ गोल गरेका थिए । त्यस्तै ब्रुनो फेर्नानडेज र डिओगो जोटाले एक एक गोल गरेका थिए ।

    उक्त जितसँगै नेसन्स लिगको समुह २ मा रहेको पोर्चुगलको ५ खेलमा १० अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।

    images

    त्यस्तै चेक रिपब्लिकको भने ५ खेलमा ४ अंक रहेको छ । पोर्चुगलले अब अर्को खेल सेप्टेम्बर २८ मा स्पेनविरुद्ध खेल्ने छ ।

    यस्तै सोहि समूहको अर्को खेलमा स्पेन घरेलु मैदानमै स्वीट्जरल्याण्डसँग २-१ गोलले पराजित भएको छ । 
     

     

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # यूईएफए नेसन्स लिग