एजेन्सी । युइएफए नेसन्स लिग अन्तर्गत स्वीट्जरल्याण्डले स्पेनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा स्वीट्जरल्याण्डले स्पेनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
स्वीट्जरल्याण्डको जितमा मानुएल अकान्जी र ब्रील एम्बोलोले १/१ गोल गरेका थिए । त्यस्तै स्पेनका लागि एक गोल जोर्डी अल्बाले गरेका थिए ।
यो जितपछि स्वीट्जरल्याण्डको नेसन्स लिग अन्तर्गत समुह २ मा ५ खेलमा ६ अंक भएको छ र समुहमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै स्पेनको भने ५ खेलमा ८ अंक छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।
अब अर्को खेलमा स्पेनले पोर्चुगल सँग र स्वीट्जरल्याण्डले चेक रिपब्लिकसँग खेल्ने छन् ।



