शुक्रबार, श्रावण २९ गते २०८३
images
images

डेनमार्कसँग फ्रान्स २-० ले स्तब्ध

एक्सप्रेस पाना
आश्विन १०, २०७९ सोमबार
  • 409
    SHARES
  • डेनमार्कसँग फ्रान्स २-० ले स्तब्ध

    काठमाडौँ । यूइएफए नेसन्स लिग अन्तर्गत डेनमार्कलाई फ्रान्सलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा डेनमार्कले फ्रान्सलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    images

    डेनमार्कको जितमा कास्पर डोलबर्ग र आन्द्रेज स्कोभ ओल्सेनले १/१ गोल गरेका थिए ।

    नेसन्स लिगको समुह १ मा फ्रान्सको यो तेस्रो हार हो । ६ खेलमा केवल एक जित, २ बराबरी र ३ हार बेहोरेको फ्रान्सको ५ अंक छ र समुह मा तेस्रो भएको छ । त्यस्तै डेनमार्कको भने ६ खेलमा १२ अंक छ र सामुमा दोस्रो स्थानमा रहेको छ ।

    images

    त्यस्तै यसै समुहको अर्को खेलमा क्रोसियाले अस्ट्रियालाई पराजित गरेको छ । क्रोसिया यस समुहमा ६ खेलमा १३ अंक सहित शिर्ष स्थानमा रहेको छ भने अस्ट्रिया ६ खेलमा ४ अंकसहित पुछारमा रहेको छ । यस समुहबाट क्रोसिया नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # यूईएफए नेसन्स लिग