शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेदरल्याण्ड्स नेसन्स लिगको फाइनल फाेरमा

एक्सप्रेस पाना
आश्विन १०, २०७९ सोमबार
  • 372
    SHARES
  • नेदरल्याण्ड्स नेसन्स लिगको फाइनल फाेरमा

    असोज १० काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत गएरातिकाे खेलमा जित हात पार्दै नेदरल्याड्सले फाइनल फाेरमा स्थान सुरक्षित गरेकाे छ । उसले बेल्जियमविरुद्ध १-० को जित हात पार्दै लिग `ए´ अन्तर्गत समूह चारकाे शीर्ष स्थामा रहेर फाइनल फाेरमा स्थान सुरक्षित गरेकाे हाे ।

    images

    घरेलु मैदान जोहान क्रुइजफ एरिना (एम्स्टर्डम) मा खेलकाे ७३ औं मिनेटमा भर्गिल भान डाइकले गरेकाे एक मात्र गाेल नेदरल्याण्ड्सलाई जित दिलाउन पर्याप्त बन्यो ।

    उक्त जितसँग शीर्ष स्थानकाे नेदरल्याण्ड्सले ६ खेलमा १६ अंक जोड्दा पराजित बेल्जियम समान खेलबाट १० अंकका साथ दोस्रोमा रह्यो ।

    images

    यही समूहकाे अर्काे खेलमा पाेल्याण्डले घरेलु टोली वेल्सलाई १-० ले पराजित गरेकाे छ । ​कार्डिफ सिटी स्टेडियमा खेलको ५७ औं मिनेटमा कारोल स्विडेर्स्कीले गरेकाे एक मात्र गोल पाहुना टोलीलाई जित दिलाउन पर्याप्त बन्यो । 

    उक्त जितसँगै ६ खेलमा सात अंक जोडेको पोल्याण्ड तेस्रो स्थानमा रहँदा पराजित वेल्स समान खेलबाट १ अंकका साथ पुछारमा रहँदै लिग `बी´ मा झरेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # यूईएफए नेसन्स लिग