शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पाकिस्तानले इंग्ल्याण्डलाई हरायो

एक्सप्रेस पाना
आश्विन १०, २०७९ सोमबार
  • 489
    SHARES
  • पाकिस्तानले इंग्ल्याण्डलाई हरायो

    पाकिस्तानले चौंथो टी२० अन्तर्राष्ट्रियमा इंग्ल्यान्डलाई पराजित गरेको छ।

    images

    कराँचीमा आइतबार राति घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डलाई ३ रनले हराएको हो । जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा २-२ को बराबरी गरेको छ।

    पाकिस्तानले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६३ रनमा समेटियो। इंग्ल्यान्डका लागि ह्यारी ब्रुक र लियाम डसनले समान ३४ रन बनाए। बेन डुकेटले ३३ तथा कप्तान मोइन अलीले २९ रन जोडे। पाकिस्तानका मोहमद नवाज र हरिस राउफले ३-३ विकेट लिए। मोहमद होस्नेनको नाममा २ विकेट रह्यो।

    images

    त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन जोडेको थियो। पाकिस्तानका लागि मोहमद रिजवानले ८८ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै बाबर आजमले ३६ तथा शान मसोदले २१ रन बनाए।

    इंग्ल्यान्डका रिसी टोप्लेले २ तथा लियाम डसनले १ विकेट लिए। 

  • सम्बन्धित विषय:

  • # क्रिकेट