शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शिवनगरको पुर्ख्यौली जग्गामा घर बनाएर सरे प्रचण्ड

एक्सप्रेस पाना
आश्विन १०, २०७९ सोमबार
  • 450
    SHARES
  • शिवनगरको पुर्ख्यौली जग्गामा घर बनाएर सरे प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पुख्र्याैली जग्गामा निर्माण गरिएको नयाँ घरमा सरेका छन्।

    images

    चितवनको भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा बनेको एक तले नयाँ घरमा प्रचण्ड र पत्नी सीता दाहाल गृह प्रवेश गरेका हुन्। 

    यसअघि उनी भाडामा बसेको र नयाँ घर बनाएको क्षेत्र शिवनगरभित्रै पर्छन्। चितवन क्षेत्र–३ स्थित आफ्नै निर्वाचन क्षेत्रमा प्रचण्डले घर बनाएका हुन्। 

    images

    एकतले घर बनाइएको ६ कठ्ठा जग्गा प्रचण्डको पैतृक सम्पत्ति रहेको बताइएको छ। यसअघि प्रचण्ड काठमाडौंबाट चितवन जाँदा भरतपुरको शिवनगरस्थित भाडाको घरमा बस्ने गरेका थिए। 

    ४ मंसिरको निर्वाचन नजिकिएसँगै प्रचण्ड आफ्नो क्षेत्रमा केन्द्रित छ। उनले विकास निर्माणका कामको उद्घाटन र शिलान्यासदेखि पार्टी प्रवेशलाई तीव्र बनाएका छन्। बिरामी पत्नी सीतासँगै उनी चितवन पुगेका छन्।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड