शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मेरो पहिलो खेलमा नेपाललाई जिताउन चाहान्छु : प्रशिक्षक हुमागाईं

एक्सप्रेस पाना
आश्विन १०, २०७९ सोमबार
  • 439
    SHARES
  • मेरो पहिलो खेलमा नेपाललाई जिताउन चाहान्छु : प्रशिक्षक हुमागाईं

    असोज १० काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रदिप हुमागाईंले नेपाली भुमीमा बंगलादेशी टिमलाई स्वागत गर्दै मेरो पहिलो खेलमा नेपाललाई जित दिलाउँन चाहेको बताएका छन् । 

    images

    सोमबार खेल अघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने यो मेरो लागि पहिलो खेल रहे तापनि दक्षिण एसियाको फुटबललाई मैले राम्रो सँग बुझेको छु । यो मेरो लागि मात्र नभएर देशको लागि नै अवसर चुनौतीको विषय हो । मेरा लागि चुनौतीका रुपमा भन्दा पनि यो एक अवसर हो ,किन कि म नेपाली खेलाडीसँग हरेक रुपमा नजिक रहेको छु । जित्नको लागि खेल्ने हो जितिन्छ पनि जिते पछि यो पाउछु त्यो पाउछु भनेर मैले यो काम गरेको होईन ।

    उनि थप्छन् म नेपाली मिडियालाई धेरै नै सम्मान गर्छु तर अहिले मेरो बारेमा मिडियामा के कुरा आईरहेको छ म जानकार छैन मेरो फोकस मात्र नेशनल टिममा रहेको छ । टिम बनाउने हरेक प्रशिक्षकका फरक रणनीती हुन्छ नै हिजोका दिनमा के भए भन्दा पनि अहिले टिमलाई कसरी राम्रो बनाउने मात्र मेरो नीती हो । सबै जनाले खेल्नका लागि डिजर्भ गर्ने हुँदा दुई नयाँ खेलाडी डेब्युको पनि सम्भावना छ । 

    images

    यस्तै कपतान किरणले भने बंगलादेशसँगको हरेक खेल जस्तै यो पनि रोमान्चक हुनेछ । मैले विगतमा थ्रीस्टारमा रहँदा पनि उहाँसँग प्रशिक्षण लिएकोले मलाई खास असहज महशुस भएन तर मेरो व्यक्तिगत कारणले ३ दिन मात्र प्रशिक्षणको अवसर पाए तर टिमले भने ५ हप्ताको प्रशिक्षणमा केही पायो होला । म किरणका लागि भन्दा पनि नेपाललाई सफल बनाउन खेल्ने गर्छु । भोली हुने खेलले र्याकिंग लगातमा पनि प्रभाव पार्ने हँुदा यसलाई सबैले महत्व दिएका छौं । 

    यस्तो मैत्रीपुर्ण खेलले हामीमा रहेको गल्तीलाई देखाउन सहयोग पुग्छ र यस्तो खेलले भोली हाम्रो मेन प्रतियोगिता राम्रो बनाउन सहयोग पुर्याउछ । बंगलादेश राम्रो टोली हो उसँगका हरेक नेपालका खेलहरु टफ नै हुने गरेकोछ । यस्तै उनलले थपे मलाई कोचले बोलाएर म नआएको भन्दा पनि हामीलाई निकालिएको हो । 

    नेपाल र बंगलादेश बिचको मैत्रिपुर्ण खेल भोली असोज ११ गरे दशरथ रंगाशालमा साझ ५:३० बजेबाट सुरु हुनेछ । 

  • सम्बन्धित विषय:

  • # फुटबल