सोमबार, कार्तिक १७ गते २०८३
images
images

अभिनयको पैदल देखि साइकल यात्रा !

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 943
    SHARES
  • अभिनयको पैदल देखि साइकल यात्रा !

    सुजन थापा (सुजल)

    images

    भदौ १५ काठमाडौं । हरेक मान्छेले आ-आफ्नै सोच र उदेश्य बोकेर कुनै गन्तव्यमा हिडेका हुन्छन् । कतिपय मानिस आफ्नो उदेश्य सफल पार्नको लागि आफ्नो ज्यानै बाजि अर्थात् लक्ष्य प्राप्तका लागि आफ्नो जीवनै जोखिममा राखेर हिड्ने गरेको देखिन्छ । भनिन्छ नि मेहनतको फल मीठो हुन्छ । तर त्यो मीठो फल खानलाई त्यति सहज भने पक्कै हुँदैन। एक छुट्टै अनि भिन्नै सपनाको जालो बोकेर हिडेका एक युवक हुन् अभिनय कार्की ।

    विगतमा उनले एक यात्राको सुरु गरेर त्यसमा सफलता समेत हातापारी सकेका छन् । तर उनले त्यसलाई आफुले सफलता प्राप्त गरिसकेको कुरा भने स्विकार्न भने तयार भएका छैनन् । किनकि उनी आफुले अझै प्रेरणादायी कार्यहरु गर्ने योजनामा रहेको उनी बताउँछन् । दोलखाको कालिन्चोक गाउँपालिका वडा नं. ३ मा बुबा कुमार कार्की र आमा तारा देवी कार्कीको कोख बाट कान्छो सन्तानको रुपमा जन्म लिएका अभिनय कार्कीले यतिबेला भने नेपालका ७७ वटै जिल्लाहरु सय दिनमा साइकलको माध्यमबाट भ्रमण गर्ने तयारीमा जुटेका छन् ।

    images

    विगतका दिनमा नेपालको पुर्वमेची देखि पश्चिम महाकाली सम्म विश्वभर सुख, शान्ति, समृद्धि र राष्ट्रिय एकताको कामना सहित सय भन्दा बढी देशहरुको राष्ट्रिय झण्डा बोकेर विभिन्न बाधा, अरोह,अवरोह र चुनौतीहरुको पहाडलाई छिचोल्दै लगातार ३७ दिन एक्लै हिडेर पैदल यात्रा सम्पन्न गरेका कार्कीले मेचीमहाकाली पैदल यात्रा पूरा गरेर फर्किए लगत्तै दोलखा पुगेका उनलाई आफ्नो वडाले समेत सम्मान गरेको थियो ।

    karki11 (2).jpg

    भने सोही सम्मान कार्यक्रममा बोल्दै उनले असारको ६ गते बाट आफ्नो दोस्रो चरणको यात्रा अन्तर्गत अब भने साइकलको माध्यम बाट ७७ जिल्लाहरु पुग्ने लक्ष्य रहेको जानकारी गराएका थिए । तर कोरोना महामारीको कारण उनको यात्रा स्थगित हुन पुगेको थियो। अब भने उनले आगामी असोजको ३ गते संविधान दिवसको अवसर पारेर आफ्नै गृह जिल्लाको प्रसिद्ध धार्मिक स्थल कालिन्चोक भगवती मन्दिरको परिसर बाट साइकल यात्राको शुभारम्भ गर्न लागेका हुन् ।

    साईकल मार्फत पुग्न असम्भव भएका कतिपय दुर्गम एवम् विकटका क्षेत्रहरुमा भने पैदल गरेर समेत पुग्ने तयारी गरिरहेकाे उनले बताए । साईकलको माध्यमबाट सयदिनको अवधीमा नेपालभर भ्रमण गर्न लागेका कार्कीले “फ्रस्ट्रेशन,डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौ” समृद्ध राष्ट्र निर्माणका लागि युवाहरु एकजुट बनौं” भन्ने मुल सन्देश प्रवाह गर्दै साइकल यात्राको सुरुवात गर्न लागेका हुन् ।

    karki3.jpg

    पछिल्लो परिप्रेक्ष्यमा युवापुस्ताहरु लागू औषध फ्रस्ट्रेसन, डिप्रेसन र दुव्र्यसन लगायतका कुलतहरुको दलदलमा फसिरहेकोले आफु चिन्तित बन्दै उनिहरुलाई ती त्यस्ता कुलतबाट छुट्कारा मिलोस र समृद्ध देश निर्माणका लागि सक्रिय, जागृत बनेर अगाडि बढ्न प्रेरणा तथा उर्जा मिलोस भनेर समेत यात्राको सुरु गर्न लागेको उनले बताए । साथै उक्त साइकल यात्रामा सहयोगी मनहरुले सकेको सहयोग गर्न पनि अपिल गरेका छन् ।

    उनले अहिलेसम्म आफ्नो ५ वटा चरणहरु रहेकाे हामी सँगको कुराकानीमा बताएपनि तेस्रो, चौथो र अन्तिम चरणमा के के छन् भन्ने बारेमा खुलाएनन् । पहिलो चरणमा पैदल यात्रा पूरा गरिसकेका छन् भने दोस्रो चरणकाे साईकल यात्रा अबको केही दिनमै सुरु गर्दै छन् । अब बाकी रहेका चरणका यात्राका अनुभवहरु समेटेर पुस्तक प्रकाशन गर्ने उनको मुख्य उदेश्य रहेको छ ।

    karki.jpg

    पहिलो चरणको पैदल यात्रामा पाएको सफलता

    कुनै समय सामुदायिक रेडियो देखि अनलाइन मिडियाहरुमा समेत काम गरेका कार्कीले वि.स २०७७ साल फागुन ४ गते गोजीमा सिरिप तीन चार हजार रुपैयाँ पैसा र यात्राका लागि आवश्यक सरसामान बोकेर काठमाडौ बाट रात्रीबसमा हिडेका उनी पूर्वको मेचीपुल ५ गते बिहानै पुगे ।

    देखि आफ्नो पैदल यात्राको थालनी गरे । उनी ०७७ फागुन ४ गते रात्री बसमा काठमाडौं बाट झापा तिर लागे र उनी ५ गते बिहान झापाको मेची पुलमा पुगेर त्यहा आफ्नो यात्राको बारेमा सबै सरकारी निकाय लगायत वडा तिर पनि जानकारी गराई आफ्नो यात्रालाई सहज बनाई दिन आग्रह गरेर भोलिपल्ट बिहान साढे ११ बजे मेची पुलबाट आफ्नो प्रारम्भिक यात्राको थालनी गरे ।

    उनी पूर्व मेचीदेखि महाकाली करिब १२ सय किलोमिटर भन्दाबढी पैदल मार्फत यात्रा गरि चैत २७ गते  २७ गते महाकाली कन्चनपुरको नेपाल–भारत सिमाना गड्डा चौकीस्थित सीमास्तम्भ ८०५–१९७० मा बिहान ८ बजे पुगेर यात्रा सम्पन्न गरेका हुन्‌। उनले सम्पन्न गरे लगत्तै करिब दिउँसो ३ बजे काठमाडौंको गंगबुमा उत्रिएका थिए र उनी लगत्तै गृह जिल्ला दोलखा फर्किएका थिए । 

    karki abinaya.jpg