काठमाडौं । फरवार्ड अञ्जन बिष्टको ह्याट्रिक गोलमा नेपालले बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका पहिलो हाफमै ३-० गोलको आरामदायी अग्रता बनाएको छ
त्रिपुरेश्वरस्थित दशरथ सम्पन्न पहिलो हाफमा नेपालले ३-० गोलको अग्रता बनाएको हो । अञ्जन बिष्टले खेलको १८, २७ र ३८ औं मिनेटमा ह्याट्रिक पूरा गरेका हुन् । यो अञ्जनको पहिलो ह्याट्रिक हो ।
अञ्जन राष्ट्रिय टोलीबाट ह्याट्रिक पूरा गर्नै छैटौ खेलाडी बनेका छन् । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए ।



