शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित

एक्सप्रेस पाना
आश्विन १२, २०७९ बुधबार
  • 322
    SHARES
  • एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् ।  ।

    images

    एन्फाको आज बसेको विशेष साधारणसभामा भएको पुनः निर्वाचनबाट उनिहरु निर्वाचित भएको जनाएको छ । गत असार ६ गते सम्पन्न निर्वाचनमा १५ सदस्य निर्वाचित हुनुपर्नेमा १३ जनामात्र निर्वाचित भएका थियो । दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा भएको छ । यसअघिको निर्वाचनमा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित वरिष्ठ उपाध्यक्ष, चारजना उपाध्यक्ष र १३ सदस्य निर्वाचित भएका थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # एन्फा निर्वाचन