काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटेनहमलाई हराएको छ । शनिबार भएको खेलमा घरेलु टोली आर्सनलले पाहुना टोटेनहमलाई ३-१ गोल अन्तरले हराएको हो ।
इमर्सन रोयल्सले रातो कार्ड खादै मैदान बाहिरिएपछि १० खेलाडीमा सिमित बनेको टोटेनहमले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा दुई गोल थप्दै शानदार जित निकाल्यो ।
थोमस पार्टले गोल गर्दै आर्सनललाई सुरुवात अग्रता दिलाएका थिए । ह्यारी केनले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा टोटेनहमलाई खेलमा फर्काएका थिए ।
उक्त जित सँगै शीर्ष स्थानमा उक्लिएको आर्सनलले ८ खेलबाट २१ अंक जोडेको छ । टोटेनहम १७ अंक सहित तेस्रो स्थानमा छ ।



