काठमाडौं । इटालियन सिरी ए फुटबलमा रोमाले इन्टर मिलानलाई हराएको छ ।
शनिबार राति भएको खेलमा रोमाले इन्टरलाई २-१ गोल अन्तरले हराएको हो ।
पाहुना टोली रोमाको जितमा पाउलो डिबला र क्रिस स्मलिङले समान ११ गोल गरे । रोमाले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
उक्त जितसँगै रोमाले ८ खेलमा १४ अंक जोडेको छ । रोमा चौंथो स्थानमा रहेको छ । इन्टर १२ अंक जोडेर सातौं स्थानमा रहेको छ । अर्को खेलमा शीर्ष स्थानको नापोलीले टोरिनोलाई ३-१ ले हराएको छ ।



