शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पाकिस्तानविरुद्ध टी२० सिरिज इङल्याण्डलाई

एक्सप्रेस पाना
आश्विन १७, २०७९ सोमबार
  • 300
    SHARES
  • पाकिस्तानविरुद्ध टी२० सिरिज इङल्याण्डलाई

    काठमाडौँ । इङल्याण्डले पाकिस्तानविरुद्धको टी२० सिरिज जितेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले पाकिस्तानलाई ६७ रनले पराजित गर्दै ७ खेलको सिरिज ४-३ ले जितेको हो ।

    images

    इङल्याण्डले दिएको २१० रनको लक्ष्य पछाएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै केवल १४२ रन मात्र बनाएको थियो ।

    पाकिस्तानका लागि शन मसूदले ५६, इफ्तिखर अहमदले १९ र खुश्दिल शाहले २७ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले डेविड मलानको ७८ र ह्यारी ब्रूकको ४६ रनको मद्धतले २० ओभरमा ३ विकेट गुमाउदै २०९ रन बनाएको थियो ।

    images

    यो जितपछि इङल्याण्डले ७ खेलको सिरिज ४-३ ले जितेको हो ।

    यस खेलको प्लेयर अफ द म्याच डेविड मलान बने भने यस सिरिजको प्लेयर अफ द सिरिज इङल्याण्डकै ह्यारी ब्रूक बनेका छन् ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट