शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ओसासुनासँग रोकियो रियल

एक्सप्रेस पाना
आश्विन १७, २०७९ सोमबार
  • 214
    SHARES
  • ओसासुनासँग रोकियो रियल

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा साविको विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।

    images

    आइतबार राति भएको खेलमा रियलले ओसासुनासँग १-१ गोलको बराबरी खेलेको हो ।

    घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले अंक बाड्नु परेको हो । खेलको ४२औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५५ औं मिनेटमा किकेले गोल गर्दै ओसासुनालाई १-१ को बराबरीमा ल्याए ।   

    images

    खेलको ७८औं मिनेटमा गार्सियाले रातो कार्ड पाएपछि ओसासुना १० खेलाडीमा समेटिएको थियो ।

    यस्तै खेलको ७९औं मिनेटमा रियलका करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्न चुकेपछि रियल जित निकाल्न असफल भयो ।

    उक्त बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
    रियल ७ खेलमा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको बार्सिलोनाको १९ अंक नै रहेको छ । ओसासुना १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # ला लिगा