शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रिमियर लिग : लेस्टरको पहिलो जित

एक्सप्रेस पाना
आश्विन १८, २०७९ मंगलबार
  • 346
    SHARES
  • प्रिमियर लिग : लेस्टरको पहिलो जित

    काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जारी सिजनको पहिलो जित निकालेको छ ।

    images

    सोमबार राति जेम्स म्याडिसनको उत्कृष्ट प्रदर्शनप्रेरित लेस्टरले नटिङघम फरेस्टलाई ४-० ले निराश पार्‍यो ।

    २५औैं मिनेटमा म्याडिसनको गोलमा लेस्टरले अग्रता लियो । त्यसको दुई मिनेटपछि नै हार्भे ब्रान्सले गरेको गोलमा लेस्टरले अग्रता दोब्बर बनायो ।

    images

    ३५औं मिनेटमा म्याडिसनले लेस्टरको अग्रता ३-० मा पुर्‍याएका थिए । ७३औं मिनेटमा प्याटसन डकाले लेस्टरको लागि चौथो गोल गरेका थिए ।

    आठ खेलमा चार अंकसहित लेस्टर १९औं स्थानमा उक्लिएको छ । समान खेलमा समान चार अंक जोडेको नटिङघम फरेस्ट २०औं स्थानमा छ ।

     

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # इंग्लिस प्रिमियर लिग