काठमाडौँ । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानसँग बार्सिलोना पराजित भएको छ ।
गएराती सम्पन्न खेलमा इन्टर मिलानले बार्सिलोनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मिलानको जितमा पहिलो हाफको अतिरिक्त समयमा हकान कल्हानोग्लुले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
उक्त जितसँगै इन्टर मिलानको ३ खेलमा २ जित र एक हारसहित ६ अंक भएको छ र समुह सी मा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै बार्सिलोनाको भने यस सिजनको च्याम्पियन्स लिगको तेस्रो खेलमा दोस्रो हार हो । बार्सिलोनाको ३ खेलमा एक जित र २ हार सहित समुहमा तेस्रो स्थानमा रहेको छ ।



