शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रचण्डलाई गोरखा २ मा बाबुरामको स्वागत

एक्सप्रेस पाना
आश्विन २२, २०७९ शनिबार
  • 334
    SHARES
  • प्रचण्डलाई गोरखा २ मा बाबुरामको स्वागत

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा-२ बाट निर्वाचन लड्ने निर्णय भएपछि उम्मेदवारी डा. बाबुराम भट्टराईले स्वागत गरेका छन् ।

    images

    प्रचण्ड उठ्न लागेको क्षेत्र गोरखा- २ बाबुरामको पनि क्षेत्र हो । यसअघि बाबुरा यही क्षेत्रबाट चुनाव जितेका थिए । बाबुरामले अन्तिम समयमा आएर आफू निर्वाचन नलड्ने घोषणा गरेपछि प्रचण्ड गोरखा-२ मा चुनाव लड्ने पक्का भएको हो । बाबुरामले मध्यरातमा ट्वीट गर्दै प्रचण्डको स्वागत समेत गरेका छन् ।

    बाबुरामले भनेका छन्- 'मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु । वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट वहाँको उमेदवारी निकै ठुलो सांकेतिक महत्वको छ । वहाँको शानदार विजयको हार्दिक शुभकामना !'

    images

  • सम्बन्धित विषय:

  • # प्रचण्ड