शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भियतनामसँग पराजित नेपाल बाहिरियो

एक्सप्रेस पाना
आश्विन २२, २०७९ शनिबार
  • 218
    SHARES
  • भियतनामसँग पराजित नेपाल बाहिरियो

    काठमाडौं । भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसंगै नेपाल बाहिरिएको छ ।

    images

    शुक्रबार राति नेपाल भियतनामसँग ५-० ले पराजित भयो । आयोजक भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान  दान्हले एक एक गोल गरे ।

    छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोलले पराजित भएको थियो । यता, भियतनामको यो लगातार दोस्रो जित हो । उसले पहिलो खेलमा चाइनिज ताइपेलाई ४-० ले हराएको थियो ।

    images

    समूह 'एफ' मा भियतनाम ६ अंकसहित शीर्ष स्थानमा छ  । यता, थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल भने अंकबिहीन छ । नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । समूह विजेता सिधै एसियन कपमा छनोट हुनेछन् भने उपविजेता उत्कृष्ट ६ टोलीले एसियन कप खेल्नेछन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल