शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बागमतीको सहज जित

एक्सप्रेस पाना
आश्विन २३, २०७९ आइतबार
  • 411
    SHARES
  • बागमतीको सहज जित

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ ।

    images

    पोखरामा आइतबार भएको खेलमा बागमतीले सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको छ । सुदुरपश्चिम प्रदेशले दिएको ७२ रनको लक्ष्य बागमतीले १३ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

    बागमतीको जितमा कन्चन श्रेष्ठले २५ तथा सुमन खतिवडाले अविजित ११ रन बनाईन् । अस्मिता खरेलले ९ रन बनाउँदा आरती बिडारी ३ रनमा अविजित रहिन् । सुदुरपश्चिमका लागि यसु पाण्डेले १ विकेट लिईन् ।

    images

    त्यस अघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिम १८ ओभर २ बलमा ६१ रनमा अलआउट भयो । सुदुरपश्चिमका लागि अनु कडायत र रुबी पोदारले मात्र दोहोरो अंकमा रन बनाए । अनुले २२ तथा रुबीले १२ रन बनाईन् ।बागमतीका लागि सोनी पाख्रिनले ५ विकेट लिईन् । खुसी डंगोलले २ विकेट लिईन् ।

    महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नवौँ राष्ट्रिय खेलकुद