काठमाडौँ । भेट्रान्स फरवार्ड क्रिस्टियानो रोनाल्डोको गोल प्रेरितमा इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एभर्टनलाई पराजित गरेको छ ।
आइतवार राति सम्पन्न भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा खेलको ४४औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गरेको गोल निर्णायक बनेको थियो । यो रोनाल्डोको यस सिजनको पहिलो गोल हो भने उनको करिअर योकै ७००औं गोल हो ।

यस अघि खेलको १५औं मिनेटमा एन्थोनीले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याएका थिए ।
त्यस्तै एभर्टनका लागि एलेक्स इवोबिले खेलको पाँचौ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएपनि अग्रता जोगाउन नसक्दा एभर्टन पराजित भएको थियो ।
यो म्यानचेस्टर युनाइटेडको यस सिजनको पाँचौं जित हो । उक्त जितसँगै ८ खेलमा ५ जित र ३ हार बेहोरेको युनाइटेडको १५ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ ।
त्यस्तै एभर्टनको भने यो यस सिजनको तेस्रो हार हो । ९ खेलमा २ जित, ४ बराबरी र ३ हर बेहोरेको एभर्टनको १० अंक छ र लिगमा १२औँ स्थानमा रहेको छ ।



