शुक्रबार, श्रावण २९ गते २०८३
images
images

निलम्बित कप्तान लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति

एक्सप्रेस पाना
आश्विन २४, २०७९ सोमबार
  • 324
    SHARES
  • निलम्बित कप्तान लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति

    असोज २४ काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सात दिन म्याद थप गरेको छ । अदालतले यही असोज २० गतेदेखि लागू हुने गरी २७ गतेसम्मका लागि म्याद थप गरेको हो । 

    images

    प्रहरीले आज लामिछानेलाई म्याद थपका लागि अदालतमा पेस गरेको थियो । म्याद थपका क्रममा न्यायाधीश दयाराम ढकालसमक्ष आफू निर्दोष भएको र आफूले जबरर्जस्ती करणी नगरेको जिकिर गरेको अधिवक्ता शक्ति पाठकले जानकारी दिए।

    अदालतमा लामिछानेले जाहेरवाली १९ वर्ष भएको र नाबालिका नभएको समेत न्यायाधीश समक्ष राखेका छन् । लामिछानेलाई पहिलो पटक म्याद थप गर्न अदालतमा लगिएको हो र दोस्रो म्याद थपका लागि यही असोज २७ गते अदालत पेस गर्नुपर्नेछ ।
     
    लामिछानेलाई नाबालिकामाथि जबरर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले यही असोज २० गते अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो । दसैँ बिदापछि आजदेखि अदालत खुलेको हुनाले म्याद थपका लागि लगेको हो ।   

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट