शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ यू१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

एक्सप्रेस पाना
आश्विन २४, २०७९ सोमबार
  • 295
    SHARES
  • साफ यू१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

    असोज २४ काठमाडौं । बंगलादेशमा आगामी १ देखि ११ नोभेम्बरसम्म सञ्चालन हुने साफ यू-१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। सोमबार साउथ एसियन फुटबल फेडेरेसन ९साफ०ले खेलतालिका सार्वजनिक गरेको हो ।

    images

    च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरी जम्मा ३ टोलीले स्पर्धा गर्नेछन् । च्याम्पियनसिप डबल राउन्ड रोविनका आधारमा खेलाइनेछ। हरेक टिमले एकअर्कासँग दुई-दुई खेल खेलेपछि धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ ।

    नेपालले पहिलो खेल ३ नोभेम्बरमा भुटानसँग खेल्नेछ । बंगलादेशसँग ५ नोभेम्बरमा दोस्रो खेल खेल्नेछ । नेपालले भुटानसँग दोस्रो खेल ९ नोभेम्बर र बंगलादेशसँग ११ नोभेम्बरमा खेल्नेछ । साफ यू-१५ महिला च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भगवती राना मगरको नेतृत्वमा ३० खेलाडीले तयारी गरिरहेका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल