शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रोनाल्डोको क्लब फुटबलमा ७ सय गोल पूरा, कुन क्लबबाट कति गोल गरे ?

एक्सप्रेस पाना
आश्विन २५, २०७९ मंगलबार
  • 460
    SHARES
  • रोनाल्डोको क्लब फुटबलमा ७ सय गोल पूरा, कुन क्लबबाट कति गोल गरे ?

    काठमाडौँ । पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ किर्तिमान बनाएका छन् । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत पछिल्लो खेलमा म्यानचेस्टर युनाइटेडबाट आइतबार राति एभर्टनविरुद्ध गोल गर्दै रोनाल्डोले आफ्नो क्लब फुटबलको करिअरमा ७००औँ गोल पूरा गरेका छन् ।

    images

    ३७ बर्षिय रोनाल्डोले आफ्नो ९४५औँ खेलमा ७००औँ गोल गर्ने नयाँ किर्तिमान बनाएका हुन् । रोनाल्डोले क्लब फुटबल खेल्न सुरु गरेको २० बर्ष २ दिनमा यो रेकर्ड बनाएका छन् । उनले क्लब स्तरमा पहिलो गोल २००२ मा आफ्नै देशको स्पोर्टिंग लिस्बन फुटबल क्लबका लागि खेल्दै गरेका थिए ।

    रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा दोस्रो इनिंगमा आफ्नो गोल संख्या २६ पुर्याएका छन् । यस अघि ६ सिजनमा रोनाल्डोले २९२ खेलमा ११८ गोल गरेका थिए भने दोस्रो इनिंगमा रोनाल्डोले अहिलेसम्म ४८ खेलमा २६ गोलसहित युनाइटेडका लागि अहिलेसम्म १४४ गोल गरेका छन् ।

    images

    त्यस्तै रोनाल्डोले क्लब फुटबलमा सबैभन्दा बढी गोल स्पेनिस ला लिगा फुटबल क्लब रियल म्याड्रिडका लागि गरेका छन् । रोनाल्डोले रियल म्याड्रिडमा ९ सिजनमा ४३८ खेल खेल्दै ४५० गोल गरेका छन् ।

    May be an image of 2 people and people playing sports

    त्यस्तै रोनाल्डोले युभेन्टसका लागि तीन सिजनमा १३४ खेल खेल्दै १०१ गोल गरेका छन् । त्यस्तै उनले आफ्नो व्यवसायीक फुटबल सुरु गरेको पहिलो क्लब स्पोर्टिंग सिपिका लागि ३१ खेलमा ५ गोल गरेका थिए ।

    त्यस्तै रोनाल्डोले आफ्नो देश पोर्चुगलका लागि हालसम्म १९१ खेल खेल्दै ११७ गोल गरिसकेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा उनी अहिलेसम्म उच्च गोलकर्ता पनि हुन् । भने रियलको लागि पनि सर्वाधिक गोल कर्ता हुन् । भने उनले यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिगमा १४०औं गोलसहित सर्वाधिक गोल कर्ताको शीर्ष स्थानमा रहेका छन् ।  

     

  • सम्बन्धित विषय:

  • # फुटबल