२७ असार, काठमाडौं । अन्ततस् लिओनल मेसी र उनको देश अर्जेन्टिना अन्तर्राष्ट्रिय उपाधि उचाल्न सफल भए। कोपा अमेरिका २०२१ अन्तर्गत आइतबार बिहान भएको उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि पहिलो उपाधि जित्यो। मेसीका लागि अर्जेन्टिनाको जर्सीमा पहिलो मुख्य अन्तर्राष्ट्रिय उपाधि हो।
क्लव फुटबलको कुरा गर्ने हो भने मेस्सीले हासिल गर्न बाँकी सफलता केही पनि छैन । चारपटक च्याम्पियन्स लिगको, तीनवटा फिफा क्लव विश्वकपको उपाधि, १० वटा ला लिगा उपाधि र ६ वटा कोपा डेल रे उपाधि । विश्व फुटबलका सर्वाधिक सफल खेलाडीलाई प्रत्येक वर्ष दिइने बालोन डि’ ओर अवार्ड उनले ६ पटक आफ्नो पोल्टामा पारेका छन् ।
समकालीन खेलाडीहरुमा मात्रै होइन, सर्वकालीन खेलाडीहरुकै सूचीमा अग्रस्थानमा छन्, मेस्सी । तर, यी जादुयी क्षमताका फुटबलर आफ्नो देशका लागि भने अपेक्षित योगदान दिन चुकिरहेका थिए । उनको नेतृत्वमा अर्जेन्टिनाले अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबलको कुनै पनि ठूलो उपाधि जित्न नसकेको भनेर आलोचना हुँदै आएको छ ।
तर, मेस्सीले अन्ततः आलोचकको मुख बन्द गरिदिएका छन् । ब्राजिलमा भएको दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता ९कोपा अमेरिका० मा आयोजक टिमलाई १(० ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको छ ।
भलै ब्राजिलविरुद्ध आज भएको फाइनलमा मेस्सीले गोल गरेनन् । तर, उनका लागि आज गोलभन्दा जित महत्वपूर्ण थियो । यस प्रतियोगितामा अर्जेन्टिनालाई फाइनलसम्म डोहोर्यापएको मेस्सीले नै हो । अर्जेन्टिना फाइनलसम्म आउँदा उनले चारपटक म्यान अफ द म्याचको पुरस्कार जिते । ४ गोल र ५ असिस्ट गरे । फाइनलमा पनि उनको नियमित प्रभाव थियो नै । त्यसैले यो उपाधिको सबैभन्दा ठूलो श्रेय मेस्सीलाई नै जान्छ ।
स्मरणीय के छ भने सन् २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग हारेपछि मेस्सीले दिक्दार भएर अन्तर्राष्ट्रिय फुटबलबाटै सन्न्यासको घोषणा गरेका थिए । त्यसबेला उनको उमेर २९ वर्ष मात्रै थियो । पाँच वर्षअघिको त्यो सन्न्यासमा कायम रहेको भए मेस्सीलाई सदैव एउटा थकथकी रहिरने थियो ।
विश्वभरका समर्थकहरुको निरन्तर आग्रह र दवावपछि त्यही वर्ष उनले सन्न्यास फिर्ता लिएर फेरि अर्जेन्टिनाको बागडोर सम्हाले । अन्ततः ३४ वर्षको उमेरमा मेस्सीलाई कोपा अमेरिकाको रुपमा राहत मिलेको छ ।
यद्यपि, उनका समर्थकहरु यत्तिमै सन्तुष्ट हुनेवाला छैनन् । उनीहरु मेस्सीको हातमा विश्वकप उपाधि नै हेर्न चाहन्छन् । मेसी स्वयम पनि अर्जेन्टिनालाई विश्वकप नजिताएसम्म शान्त रहन सक्दैनन् । उनको अब एकमात्रै ध्येय विश्वकप उपाधि हो । उनीसँग सम्भवत एउटा मात्रै विश्वकप प्रतियोगिता बाँकी छ । र, कतारमा आगामी वर्ष हुने विश्वकप उपाधि जिते भने मेस्सीलाई ढुक्कसँग फुटबलका सर्वकालीन दिग्गज पेले र म्याराडोनाको हाराहारीमा राख्न सकिनेछ ।
२०१४ मा भएको विश्वकपमा मेस्सीले आफूलाई त्यो सम्भावनाको नजिक पुर्याभएका थिए । पहिलोपटक उनको नेतृत्वमा विश्वकप खेलिरहेको अर्जेन्टिनाले फाइनलसम्मको यात्रा गरेको थियो । तर, फाइनलमा जर्मनीले बाजी मार्याले। मेस्सीले म्यान अफ द टुर्नामेन्टको व्यक्तिगत अवार्डमा नै चित्त बुझाउनुपर्या े ।
आज ब्राजिलको जुन स्टेडियममा मेस्सीले कोपा अमेरिकाको उपाधि उचाले, यही स्टेडियममा उनले २०१४ मा विश्वकप फाइनल गुमाएका थिए । यसले पनि मेस्सीलाई अतिरिक्त सान्त्वना मिलेको छ ।
यसअघि कोपा अमेरिकामा मेस्सीले अर्जेन्टिनालाई २०१५ र २०१६ मा दुईपटक फाइनलमा पुर्यााएका थिए । तर फाइनल हारेर उपाधिबाट चुकेका थिए । तेस्रोपटकमा उनी सफल भएका छन् । ब्राजिलजस्तो विश्व फुटबलको महारथीलाई हराएर फाइनल जित्नुको मज्जा पनि बेग्लै छ ।


