शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पिएसजी बेनिफिकासँग बराबरीमा रोकियो 

एक्सप्रेस पाना
आश्विन २६, २०७९ बुधबार
  • 352
    SHARES
  • पिएसजी बेनिफिकासँग बराबरीमा रोकियो 

    काठमाडौँ । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पिएसजी पोर्चुगिज क्लब बेनिफिकासँग बराबरीमा रोकिएको छ ।

    images

    मंगलबार राति भएको समुह एच अन्तर्गतको खेलमा पिएसजी बेनिफिकासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

    पिएसजीका लागि किलियन एम्बाप्पेले एक गोल गरेका थिए भने बेनिफिकाका लागि एक गोल जोआओ मारिओले गरेका थिए । दुवै गोल पेनाल्टीबाट भएका थिए ।

    images

    यो बराबरीपछि समुह एचमा पिएसजी र बेनिफिका दुवैको ४/४ खेलमा ८/८ अंक भएको छ ।

    त्यस्तै यसै समुहमा रहेको युभेन्टस भने गएराती भएको खेलमा मक्काबी हैफासँग पराजित भएको छ । यो हारपछि युभेन्टसको ४ खेलमा ३ अंक रहेको छ भने मक्का हैफाको पनि ३ अंक रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # च्याम्पियन्स लिग