काठमाडौँ । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा लण्डन क्लब चेल्सीले इटालियन क्लब एसी मिलानलाई पराजित गरेको छ ।
मंगलवार राति सम्पन्न समुह इ अन्तर्गतको खेलमा चेल्सीले मिलानलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा जोर्जिन्हो र पिएरे एमरिक आउबामेयांगले एक एक गोल गरेका थिए । खेलमा खेलको १८औँ मिनेटमा फिकायो टोमोरीले रातो कार्ड पाएपछि मिलान १० खेलाडीमा सिमित भएको थियो ।
चेल्सीको यो दोस्रो जित हो । ४ खेलमा २ जित, एक बराबरी र एक हर बेहोरेको चेल्सीको ७ अंक भएको छ र समुह इ मा शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै मिलानको भने ४ खेलमा ४ अंक छ र समुहमा तेस्रो स्थानमा छ ।



