असोज २८ काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत महिला क्रिकेटमा प्रदेश नम्बर एकमाथि कर्णली प्रदेशले ७ विकेटको सहज निकालेको छ ।
शुक्रवार पोखरा रंगशालामा सम्पन्न खेलमा कर्णालीले दिएको ५३ रनको सामान्य रनको विजयी लक्ष्य प्रदेश एकले ६.४ओभरमा ३ विकेटको क्षेतिमा पुरागर्यो । प्रदेश १ को जित निशा शाहाले सर्वाधिक १८ रन बनाउँदा लकिता राजवंशी १४, भवानी कामतीले ३ रन र नमिता श्रेष्ठले ८ रनको योग्दान दिईन् ।
यता कर्णालीको लागि यमुना थारु र अन्जिलाले समान १/१ विकेट लिईन् ।
यस्तै आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
उक्त जित सँगै समूह बी को पुलिसले ६ अंक बनाए र शीर्ष स्थानमा रहेको छ भने समान ३ अंक रहेको लुम्बिनी दोस्रो र प्रदेश १ तेस्रो स्थानमा रहेको छ । यता ३ खेलमा हार ब्यहोरेको कर्णाली भने सबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको । भने कर्णालीमाथि जित निकालेको प्रदेश १ पनि रन रेटको साधारमा लुम्बिनीसँग पछि पर्दा बाहिरिएको छ ।



