शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पुरुष भलिबल : पुलिस र गण्डकीलाई सफलता

एक्सप्रेस पाना
आश्विन २८, २०७९ शुक्रबार
  • 233
    SHARES
  • पुरुष भलिबल : पुलिस र गण्डकीलाई सफलता

    काठमाडौं । आयोजक गण्डकी प्रदेश र नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा विजयी सुरुवात गरेका छन् । 

    images

    पोखरा रंगशालामा भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।

    पुलिसले कर्णालीमाथि २५-१६, २५-११ र २५-१२ को जित निकाल्यो । यस जितसँगै पुलिसले समूह ‘ए’ बाट क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । कर्णाली अंकविहीन हुँदा लुम्बिनीले कुनै खेल खेलेको छैन ।

    images

    यता, गण्डाकीले बागमती प्रदेशलाई ३-१ ले हराउँदै समूह डीको विजेता बनेको छ । समूह डी मा दुई टोली मात्रै थिए । गण्डकीले बागमतीलाई २५-२०, १५-२५, २५-१८ र २५-१३ ले पराजित गरेको छ। 

  • सम्बन्धित विषय:

  • # भलिबल