काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले एभर्टनमाथि सहज जित निकालेको छ । शनिवार राति सम्पन्न भएको खेलमा टोटनह्यामले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
टोटनह्यामको जितमा ह्यारी केन र पिएरे एमिले होजजेर्गले १/१ गोल गरेका थिए ।
उक्त जितसँगै टोटनह्याम प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । १० खेल खेलेको टोटनह्याम ७ जित, २ बराबरी र एक हारसहित २३ अंक सहित लिगमा तेस्रो स्थानमा उक्लिएको हो ।
त्यसैगरी यस सिजनमा एभर्टनको भने राम्रो प्रदर्शन रहेको छैन । एभर्टनको यस सिजनमा यो चौथो हार हो । १० खेलमा केवल २ खेल जितेको एभर्टनले ४ खेल बराबरी खेलेर १० अंक हासिल गरेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।



