शुक्रबार, श्रावण २९ गते २०८३
images
images

टी२० विश्वकप आजदेखि

एक्सप्रेस पाना
आश्विन ३०, २०७९ आइतबार
  • 337
    SHARES
  • टी२० विश्वकप आजदेखि

    काठमाडौँ । अष्ट्रेलियामा आज अर्थात अक्टोबर १६ बाट टी२० विश्वकप सुरु हुँदैछ । २९ दिने यस प्रतियोगितामा ४५ वटा खेल हुने छन् । यो पहिलो राउन्डबाट सुरु हुदैछ ।

    images

    जसमा आठ टोलीले कुल १२ खेल खेल्नेछन् । यो राउण्डमा दुई पटक टी२० विश्वकप जितेको वेस्ट इन्डिज र एसियाली च्याम्पियन श्रीलंका पनि रहेको छ । श्रीलंकाले सन् २०१४ मा उपाधि जितेको थियो । दुवै टोली सुपर-१२ मा छनोट हुन सकेनन् । त्यसैले पहिलो राउण्ड खेलिरहेका छन् ।

    यस राउण्डमा श्रीलंका र वेस्टइन्डिजका अलावा आयरल्याण्ड, स्कटल्याण्ड, जिम्बाब्वे, नेदरल्यान्ड्स, नामिबिया र युएईका टिमले भाग लिनेछन् ।

    images

    यी मध्ये समुह ए मा नामिबिया, नेदरल्याण्डस, श्रीलंका र युएई रहेका छन्  भने समुह बि मा आयरल्याण्ड, स्कटल्याण्ड, जिम्बाबे र वेस्टइण्डिज रहेका छन् । दुवै समुहमा रहेका देशले एक अर्काविरुद्ध एक एक खेल खेल्ने छन् र शिर्ष दुई स्थानमा रहने चार टोली सुपर-१२ मा पुग्नेछन् ।

    प्रतियोगिताको सुरुवात श्रीलंका र नामिबियाबीचको खेलबाट हुनेछ । यो खेल बिहान ९:४५ बजे जिलङमा हुनेछ । 

    श्रीलंका र नामिबिया टी–२० इतिहासमा दोस्रो पटक आमनेसामने हुँदैछन् । गत वर्ष टी२० विश्वकपमा उनीहरुले प्रतिस्पर्धा गरेका थिए । त्यसपछि श्रीलंकाको टोली विजयी भएको थियो । नामिबियाको टोली त्यो हारको बदला लिएर उल्टाउन चाहन्छ । योसँगै श्रीलंकाको टोली जितका साथ सुरुवात गर्दै सुपर १२ मा आफ्नो दाबी कायम गर्न चाहन्छ ।

    यसैगरी, दोस्रो खेल आइतबार युएई र नेदरल्याण्ड्सबीच यसै मैदानमा हुनेछ । खेल दिउँसो १: ४५ बजे सुरु हुनेछ ।

    दुई युएई र नेदरल्याण्ड्सबीच हालसम्म आठ टी२० खेल भइसकेका छन् । यस अवधिमा दुवै बराबरीमा छन् । युएईले चार खेल जितेको छ भने नेदरल्याण्डले पनि चार खेल जितेको छ । 

    दुबईमा भएको टी-२० विश्वकपको खेलमा नेदरल्याण्ड्सले युएईलाई पराजित गर्दा अन्तिम पटक यी दुई आमनेसामने भएका थिए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट