पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका नेपाली सेनाका खेलाडीको प्याराग्लाइडिङबाट खसेर मृत्यु भएको छ ।
प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको कस्की प्रहरीले जानकारी दिएको छ ।
थापालाई प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।



