शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एसिया कप विजेता श्रीलंकालाई नामिबियाले हरायो

एक्सप्रेस पाना
आश्विन ३०, २०७९ आइतबार
  • 322
    SHARES
  • एसिया कप विजेता श्रीलंकालाई नामिबियाले हरायो

    असोज ३० काठमाडौं । एसिया कप विजेता श्रीलंका विश्वकपमा एसोसिएट राष्ट्र नामिबियासँग पराजित भएको छ ।

    images

    अष्ट्रेलियामा आइतबारबाट सुरू भएको टी२० विश्वकप क्रिकेटको उद्‍घाटन खेलमा श्रीलंका नामिबियासँग ५५ रनले पराजित भएको हो ।

    १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा अलआउट हुँदै १०८ रनमा समेटियो । श्रीलंकाका लागि दासुन सानाकाले सर्वाधिक २९ रन बनाए । यस्तै भानुका राजपाक्षेले २० रन बनाउँदा धनन्जयले १२ र महेश तेक्षेणाले ११ रन बनाए । बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    images

    श्रीलंकालाई सस्तैमा रोक्न नामिबियाका डेभिड वाइज, बनार्ड स्कोल्टज, बेन शिकागो र यान फ्रायलिङ्कले २/२ विकेट लिए । जेजे स्मिटले १ विकेट हात पारे ।

    त्यसअघि सायमण्ड स्टेडियम जिलाङ्समा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । 

  • सम्बन्धित विषय:

  • # टी२० विश्वकप