शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एल क्लासिको : बार्सिलोनामाथि सहज जित निकाल्दै रियल शीर्ष स्थानमा 

एक्सप्रेस पाना
आश्विन ३०, २०७९ आइतबार
  • 339
    SHARES
  • एल क्लासिको : बार्सिलोनामाथि सहज जित निकाल्दै रियल शीर्ष स्थानमा 

    एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत जारी सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिडले सानदार जित निकालेको छ ।

    images

    आइतबार राति रियलको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली बार्सिलोनामाथि ३-१ गोल जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।

    घरेलु टोली रियलको जितमा करिम बेन्जिमा, फेडरिको भालभाडेज र रोड्रिगोले ११ गोल गरेका थिए । पहिलो हाफमै २-० गोलको आरामदायी अग्रता बनाएको रियलले दोस्रो हाफमा थप एक गोल गरेको थियो भने एक गोल ब्यहोरेको थियो । 

    images

    घरेलु मैदानमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । भालभाडेजले ३५ औं मिनेटमा गोल गरेपछि रियलले पहिलो हाफमा २ गोलको अग्रता लिएको थियो ।

    बार्सिलोनाका लागि टोरेसले ८३ औं मिनेटमा गोल गर्दै अग्रता २-१ मा झारेका थिए । तर दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा रोड्रिगोले पेनाल्टीमा गोल गर्दै रियललाई ३-१ को जित दिलाए । 

    यता बार्सिलोनाका फर्नान्डो टोरेसले १ गोल फर्काए ।  उक्त जित सँगै रियलले २५ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो । दुवै टिमले ९ खेल खेलेका छन् । 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # ला लिगा