असोज ३१ काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको साविको विजेता म्यानचेस्टर सिटी लिभरपुलसँग पराजित भएको छ ।
आइतवार राति भएको खेलमा लिभरपुललाई जिताउन मोहमद सलाहले गरेका १ मात्र गोल नै निर्णायक बन्यो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेका गरेको लिभरपुलको लागि खेलको ७६औं मिनेटमा सलाहले गोलको खडेरी तोडेका थिए । उनले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
५३औं मिनेटमा सिटका लागि फिल फोडेनले गरेको गोललाई भीएआरले मान्यता दिएको थिएन ।
उक्त खेलमा लिभरपुलससँगको हारसँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँग अंक दूरी घटाउने मौका गुमायो ।
आर्सनल २७ अंकका साथ शीर्ष स्थानमा रहँदा सिटी २३ अंकका साथ दोस्रो स्थानमा छ । लिभरपुल भने १३ अंकका साथ आठौं स्थानमा रहेको छ ।



