काठमाडौँ । फ्रेन्च लिग वान फुटबल प्रतियोगिता अन्तर्गत पिएसजीले मार्सेलीलाई पराजित गरेको छ ।
आइतवार राति सम्पन्न भएको खेलमा पिएसजीले मार्सेलीलाई १-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा पहिलो हाफको अन्त्यमा नेइमारले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा खेलको ७२औं मिनेटमा गिगोट सामुएलले रातो कार्ड पाएपछि मार्सेली १० खेलाडीमा सिमित भएको थियो ।
उक्त जित सँगै पिएसजीको यो सिजनको नवौं जित हो । ११ खेलमा २९ अंकसहित पिएसजी शिर्ष स्थानमा रहेको छ ।
यता पराजित मार्सेलीको भने ११ खेलमा २३ अंक छ र लिगमा चौथो स्थानमा रहेको छ ।



