शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नवौं राष्ट्रिय खेलकुदमा आर्मीको दवदवा कायमै

एक्सप्रेस पाना
आश्विन ३१, २०७९ सोमबार
  • 270
    SHARES
  • नवौं राष्ट्रिय खेलकुदमा आर्मीको दवदवा कायमै

    पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका खेलाडीको दवदवा कायमै छ । हालसम्म ८७ स्वर्ण पदकको छिनोफानो हुँदा नेपाल आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ काँस्य सहित ८६ पदक जित्दै शीर्ष स्थानमा छ ।

    images

    दोश्रो स्थानमा विभागी एपिएफले १२ स्वर्ण, १६ रजत र २२ काँस्य पदक जितेको छ । त्यसैगरी तेस्रो स्थानमा अर्को विभागीय टोली पुलिस क्लबले ११ स्वर्ण, ७ रजत र १७ कास्य पदकसहित ३५ पदक जितेको छ । चौथो स्थानमा रहेको बागमती प्रदेश १० स्वर्ण, १६ रजत र १० काँस्यसहित ३६ पदक जितेको छ । घरेलु मैदानमा गण्डकी प्रदेशले हालसम्म ८ स्वर्ण, ५ रजत र १५ काँस्य पदक गरी २८ पदक हात पारेको छ । एनआरएनए ४ स्वर्ण, ३ रजत र ४ काँस्यसहित ११ पदकसहित छैटौ स्थानमा रहँदै गण्डकीलाई पछ्याइ रहेको छ ।

    मधेश प्रदेशले २ स्वर्ण, २ रजत र ४ काँस्यसहित ८ पदक प्राप्त गरेको छ । प्रदेश १ ले १ स्वर्ण, ४ रजत र १३ कास्य सहित १८ पदक, सुदूरपश्चिमले १ स्वर्ण, १ रजत र ८ काँस्यसहित १० पदक, लुम्बिनीले ६ रजत, ४ काँस्यसहित १० पदक, कर्णाली प्रदेशले १ काँस्य पदक जितेका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # नवौँ राष्ट्रिय खेलकुद