शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अस्ट्रेलियामाथि भारतको रोमाञ्चक जित

एक्सप्रेस पाना
आश्विन ३१, २०७९ सोमबार
  • 251
    SHARES
  • अस्ट्रेलियामाथि भारतको रोमाञ्चक जित

    काठमाडौँ । टी२० विश्वकप अघि पहिलो अभ्यास खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ ।

    images

    अन्तिम ओभरमा जितका लागि ११ रन आवश्यक रहेको बेला भारतका मोहम्मद शामीले अस्ट्रेलियाका ४ खेलाडीलाई आउट गराउँदै जित दिलाएका थिए । उनले ३ विकेट लिए भने एक जनालाई रनआउट गरेका थिए ।

    अस्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १८६ रन बनाएको थियो । भारतका लागि केएल राहुलले सर्वाधिक रन बनाए । उनले ३३ बलमा ५७ रनको पारी खेले । सोही क्रममा सूर्यकुमार यादवले ३३ बलमा ५१ रनको इनिङ खेले । त्यस्तै अष्ट्रेलियाका लागि केन रिचर्डसनले ४ विकेट लिए ।

    images

    डेभिड वार्नर पहिलो अभ्यास खेलमा प्लेइङ इलेवनमा थिएनन् । उनको स्थानमा मिचेल मार्स ब्याटिङ गर्न आएका थिए । मार्सले १८ बलमा ३५ रन बनाए ।

    विश्वकपको दोस्रो चरण शुरु हुनु अघि भारतले न्यूजील्याण्डविरुद्ध पनि अभ्यास खेल खेल्ने छ ।

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट