शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बेन्जिमाले जिते 'बालोन डि ओर' अवार्ड

एक्सप्रेस पाना
कार्तिक १, २०७९ मंगलबार
  • 316
    SHARES
  • बेन्जिमाले जिते 'बालोन डि ओर' अवार्ड

    काठमाडौं । स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले पहिलो पटक वर्षको उत्कृष्ट फुटबलरको अवार्ड बालोन डी’ओर जितेका छन् । 

    images

    गत सिजन गरेको प्रर्दशनका आधारमा बेन्जिमाले यस वर्षको बालोन डि ओर अवार्ड हात पारेका हुन् । 

    रियललाई २०२१/२२ मा च्याम्पियन्स लिग र ला लिगा जिताउन महत्वपूर्ण भूमिका निभाएका बेन्जेमाले ४६ खेलमा ४४ गोल गरेका थिए। 

    images

    यस्तै लियोनल मेसीले सर्वधिक ७ र क्रिस्टियानो रोनाल्डोले ५ पटक यो अवार्ड हात पारिसकेका छन् । 

    यस्तै बार्सिलोनाकी एलेक्सिया पुटेलसले सन् २०२२ को सर्वश्रेष्ठ महिला फुटबलरको अवार्ड प्राप्त गरेकी छन् । इङ्ल्याण्डलाई युरो कप जिताउने आर्सनलकी फरवार्ड बेथ मिड दोस्रो स्थानमा रहिन् ।

    यस्तै बालेन डि ओरको ६ विधामा मनोनयनमा परेको म्यानचेस्टर सिटी लिभरपुललाई पछि पार्दै वर्षको उत्कृष्ट क्लब घोषित भयो । 

  • सम्बन्धित विषय:

  • # फुटबल