शुक्रबार, श्रावण २९ गते २०८३
images
images

टी२० विश्वकप : नेदरल्यान्ड्सको लगातार दोस्रो जित

एक्सप्रेस पाना
कार्तिक १, २०७९ मंगलबार
  • 354
    SHARES
  • टी२० विश्वकप : नेदरल्यान्ड्सको लगातार दोस्रो जित

    काठमाडौं । अष्ट्रेलियामा जारी टी२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले लगातार दोस्रो जित हात पारेको छ ।

    images

    मंगलबार भएको खेलमा नामिबियालाई ५ विकेटले हराउँदै नेदरल्यान्ड्सले अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

    नामिबियाले दिएको १ सय २२ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरागर्यो ।

    images

    नेदरल्यान्ड्सका लागि विक्रम जितसिंहले ३९ रन जोड्दा म्याक्स ओ डाउनले ३५ रन बनाए । बास डि लिडले अविजित ३० तथा टिम प्रिनगिलले अविजित ८ रन बनाए ।

    नामिबियाका लागि जेजे स्मिटले २ तथा ब्रिनार्ड स्कोल्टज र जान फ्रायलिंग्कले समान १/१ विकेट लिए ।

    त्यस अघि पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।

    उक्त जितसँगै नेदरल्यान्ड्स ४ अंक सहित समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नामिबिया भने २ अंक सहित दोस्रो स्थानमा झरेको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी२० विश्वकप